नरहरि प्रेमीको शब्द/सङ्गीतमा ‘पिरिम तालैमा’

प्रसिद्ध सर्जक नरहरि प्रेमीको शव्द/सङ्गीत एवं रोशन सिंह क्षितिज र अञ्जु पन्तको युगल स्वरमा रहेको गीत ‘पिरिम तालैमा’ को भिडिओ सार्वजनिक भएको छ l राकेश सोनीको म्युजिक एरेन्ज, रेकर्डिङ र मिक्सिङ/माष्टरिङमा तयार भएको यस गीतको भिडिओ केहीदिन अघि Roshan Singh युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

दिनेश सिंह ठकुरीको निर्देशन, सरोज शाहीको छायाङ्कन र निराजन केसीको सम्पादन रहेको यस भिडिओमा लोकेश बी.सी., पार्वती श्रेष्ठ र रोशन सिंह क्षितिजको अभिनय रहेको छ l