एकै समयमा दुई ब्वाईफ्रेन्डसँग प्रेमको नाटक गर्दै अनुजा

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायक शिव परियारको स्वरमा रहेको गीत ‘सन्यास लिन्छु अब माया प्रेमबाट’ को भिडिओ रिलिज भएको छ l त्रिकोणात्मक प्रेमकथामा आधारित यो म्युजिक भिडिओ Ab Motion picture युट्युब च्यानल मार्फत शुक्रबार डिजिटल बजारमा आएको हो l टेकराजा अछामी र कार्कीजी (सुवास कार्की) ले संयुक्त रुपमा रचना गरेको यस गीतमा कार्कीजीकै सङ्गीत रहेको छ भने म्युजिक एरेञ्ज र मिक्सिङ/माष्टरिङको काम जीवन बधुले गरेका छन् l

एक युवतीले एकै समयमा २ ब्वाईफ्रेन्ड बनाएको र पहिलो ब्वाईफ्रेन्डले आफ्नी प्रेमिकालाई आपत्तिजनक अवस्थामा अर्कै युवक (दोस्रो ब्य्वाईफ्रेन्ड) सँग देखेपछिको अवस्थालाई भिडिओमा उतार्ने प्रयास गरिएको छ l आफूले हृदयबाट माया गरेकी युवतीले कल्पना नै नगरेको घा^त गरेपछि प्रेमीले माया प्रेमबाट सन्यास लिने घोषणा गरेका छन् l

भिडिओको कथा वर्तमान युवा पिंढीसँग मिल्दोजुल्दो रहेको छ l एकै समयमा दुई व्वाईफ्रेन्डसँग प्रेमको नाटक गर्ने युवती अर्थात् मुख्य मोडलको रुपमा लोकप्रिय कलाकार अनुजा सिंहले अभिनय गरेकी छिन् भने सुवास शर्मा र सर्जन श्रेष्ठलाई दुई प्रेमीको रुपमा देख्न सकिन्छ l सिर्जन बराल (ऋषि) को निर्देशन, नरेश ऐरको छायाङ्कन र अमृत चापागाईंको दृश्य तथा रङ्ग सम्पादनमा निर्माण भएको यस भिडिओमा सरिष्मा बरालले सहायक भूमिकामा अभिनय गरेकी छिन् l