व्यंग्यात्मक भावको गीत ‘यस्तै रित हो’ भन्दै आए गायक माधव भण्डारी

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक माधव भण्डारीले सामाजिक व्यङ्ग्य गर्दै यथार्थपरक भावको गीत ‘यस्तै रित हो’ को भिडिओ सार्वजनिक गरेका छन् l

दुनियाँमा चलेको यस्तै रित हो,
सबै भन्दा डर लाउने आफ्नै सित हो l

गीतमा ‘मुखमा रामराम बगलीमा छुरा’ प्रवृत्तिका आफन्तहरुप्रति यसरी कटाक्ष गरिएको छ l समाजमा ‘कठै !’ भन्दै आफैं पीडा दिने व्यक्तिहरुको कमी नभएको कुरा गीतले बोलेको छ l

भण्डारीकै सङ्गीत, सङ्गीत संयोजन र स्वरमा रहेको यस गीतको सामूहिक स्वरमा सुफिक्स मदन, राजु खड्का र उत्सव सुब्बा लामाले साथ दिएका छन् l जसमा डिका गुरुङको मिक्सिङ/माष्टरिङ र दीपक विसीको रेकर्डिङ रहेको छ l डिका गुरुङकै छायाङ्कन रहेको यस भिडिओको दृश्य तथा रङ्ग सम्पादन रोशन धितालले गरेका हुन् l भिडिओमा भण्डारीसँगै श्याम सुन्दर, सुफिक्स मदन, राजु खड्का र उत्सव सुब्बा लामालाई फिचरिङ गरिएको छ । फरक तरिकाले छायाङ्कन गरिएको यो म्युजिक भिडिओ सर्जक/कलाकार भण्डारीकै अफिसियल युट्युब च्यानल Madhav Bhandari बाट डिजिटल बजारमा आएको हो l