हर्क चाम्लिङ राईको ‘जवानी लिलाम भो’ सार्वजनिक

गायक हर्क चाम्लिङ राईले ‘जवानी लिलाम भो’ बोलको नयाँ गीतको भिडिओ सारर्वजनिक गरेका छन् । मुनाल शिशिको शब्द र वसन्त सापकोटाको सङ्गीतमा रहेको यस गीतमा पुष्कर सुनुवारको म्युजिक एरेन्ज रहेको छ । मुनाल शिशिरकै निर्देशनमा तयार भएको यस म्युजिक भिडिओमा दर्जनौं कलाकारले अभिनय गरेका छन् ।

भिडिओमा चिरन्जिवी सापकोटा, गौरव हमाल, दिक्पाल कार्की, अस्मिता जुरेली, मनिशा लामा, जितेन्द्र रावल, आशा खत्री, समीक्षा सानु, समीप निरौला लगायत थुप्रै कलाकारको अभिनय रहेको छ । अर्जुन पोखरेलको एडिट रहेको यस म्युजिक भिडिओमा राजेश घिमिरेको छायाङ्कन रहेको भने भिडिओ देवी राईले निर्माण गरेकी हुन् । भिडिओ हर्क चाम्लिङ राईको आफ्नै युट्युब च्यानल Harka Chamling-Official मा हेर्न सकिन्छ ।