‘हेर्न मन भेट्न मन’ गीतको श्रव्यदृश्य सार्वजनिक


हेर्न मन भेट्न मन लाग्दछ,
मन तिमीतर्फ नै भाग्दछ ।  
रात मेरा सबै दिन भए,
चेतना हरघडी जाग्दछ ।।


नेपाली साङ्गीतिक महासागरमा दैनिक गीतहरू सार्वजनिक भइरहेका छन् । यसरी थुप्रै गीतहरूको भीडमा एउटा फरक शैलीको गीतको भिडिओ सार्वजनिक भएको छ । संयोगान्त भावमा लेखिएको यस गीतको शब्द संयोजन अलि फरक तरिकाले गरिएको छ । गीतमा कसैको पर्खाइमा चेतना हरघडी जागृत हुने भाव समेटिएको छ ।

नारायण नेपालको शब्द रचनामा रहेको यस गीतलाई लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले मन्त्रमुग्ध बनाउने तरिकाले सङ्गीतबद्ध गरेका छन् । प्रसिद्ध गायक स्वरूपराज आचार्यको सुमधुर गायनले गीत अझै मीठो सुनिएको छ । राजु कार्कीले सङ्गीतसंयोजन गरेको यस गीतमा प्रकाश मिश्रले ध्वनि सम्पादन गरेका छन् ।
अभिनय यात्रामा औपचारिक रूपमा सुरुवात गरेका हरिओम मङ्गोल यस गीतका मोडल हुन् । महिला मोडल आँचल गुरुङ रहेकी छन् । हरिओम र आँचलको अभिनय साँच्चिकै सुन्दर देखिएको छ । भिडिओ अमृत सुनारले छायाङ्कन, विकास धमलाले दृश्य सम्पादन, निकेश खड्काले निर्देशन गरेका हुन् । भिडिओ म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।