लाइभ बस्ने युवती र लाइभ हेर्ने युवक बीचको प्रेमकथा ‘रिसाउली’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गायिका रिता के. सी. र विवेक अर्यालको स्वरमा रहेको युगल गीत ‘रिसाउली’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ World Cover Media युट्युब च्यानलबाट बिहीबार साँझ रिलिज गरिएको हो l गायक विवेक अर्यालकै शब्दरचना र सङ्गीतमा सिर्जना भएको यस गीतमा सुरेश शाहीले सङ्गीत संयोजन गरेका छन् भने कृष्ण पुनको मिक्सिङ/माष्टरिङ रहेको छ l

वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्मित ‘रिसाउली’ को भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन/सिनेम्याटोग्राफी र सम्पादन रहेको छ l समयसापेक्ष विषयबस्तुमा लेखिएको यो गीत सामाजिक सञ्जालमा लाइभ बस्ने युवती र लाइभ हेर्ने युवकबीचको कथामा आधारित रहेको छ l लाइभ बस्ने र हेर्नेबीच निकटता, प्रेम र बिबाह सम्मका कैयौं घटनाहरु भईरहेको वर्तमान सन्दर्भसँग सम्बन्धित यस गीतमा पनि एक अर्काप्रतिको प्रेम, स-साना घुर्की र गुनाशाका साथै सँगै हुने चाहनाहरु व्यक्त भएका छन् l