यात्रिका र सृजिताको संयुक्त स्वरमा राष्ट्रियता र चेतनाको सन्देश ‘नेपालकी छोरी’

-प्रकाश सुवेदी

बालबच्चाहरुमा राष्ट्रिय भावना जागृत गराउनुपर्छ भन्ने भावका साथ तयार पारिएको गीति भिडिओ ‘नेपालकी छोरी’ डिए क्रिएसन युट्युव च्यानल मार्फत नेपाली साङ्गीतिक बजारमा सार्वजनिक गरिएको छ । हाल जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएका दीपेन्द्र अधिकारीको शब्द सृजना र प्रस्तुतिमा रहेको यस गीतमा दुर्गा पराजुलीले सङ्गीत र रणदीप भुजेलले सङ्गीत संयोजन गरेका छन् भने यात्रिका हुमागाईँ र सृजिता ढकालले स्वर दिएका छन् । अङ्ग्रेजी भाषामा समेत सबटाइटल गरिएको यस गीतको भाषानुवाद महेन्द्र सुवेदीले गरेका छन् ।

पोखराका रोहन नेपालीको निर्देशनमा तयार गरिएको यस भिडिओमा बिकास नेपालीको नृत्य निर्देशन, मुकेश हुमागाईँको छायाङ्कन र निशान घिमिरेको सम्पादन रहेको छ । बाल कलाकार आस्था पौडेलको मुख्य भूमिका रहेको यस भिडिओमा आस्थालाई घनश्याम जोशी, प्रेणिता शर्मा, शोभा पाठक, असिम पौडेल, प्रकाश ढुङ्गाना, आइस्मा पुरी, समृद्धि पौडेल, सीमा भट्ट, शिवानी श्रेष्ठ, फीओना श्रेष्ठ र दीक्षा कार्कीले अभिनयमा साथ दिएका छन् । काठमाडौंको बाफलमा रहेका स्कुल कखरा मन्टेश्वरी स्कुल, ग्रीनफिल्ड नेशनल स्कुल/कलेज र धापसी लगायतका स्थानमा छायाङ्कन गरिएको यस गीति भिडिओको समग्र भाव सन्देशमूलक रहेको छ ।