दोस्रो ‘क्वालिटी फिल्म्स् अवार्ड’ को आवेदन फारम खुल्यो l

-तुलसी गिरी ‘भावुक’


‘सर्जकलाई सम्मान गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नाराका साथ क्वालिटी फिल्म्सले दोस्रो ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’ को लागि आवेदन फारम खुला गरेको छ l क्वालिटी फिल्म्सका प्रवन्ध निर्देशक तथा अवार्ड कमिटीका अध्यक्ष उमेश गुरुङले दिएको जानकारी अनुसार २०७८ बैशाख १ गतेदेखि २०७९ साउन मसान्तसम्ममा प्रकाशित गीत-सङ्गीतसँग सम्बन्धित तोकिएका विधाका सर्जक, कलाकार र प्राविधिकहरुले अवार्डका लागि फारम भर्न सक्ने छन् l
उमेश गुरुङका अनुसार अवार्ड प्रतिस्पर्धाका लागि सहभागी हुन चाहनेहरुले आधुनिक, गजल, पप, लोकपप, चलचित्र, लोक, लोकदोहोरी, राष्ट्रिय भाव, भाषाभाषी र भेग विशेषका गीतसँग सम्बन्धित गीतकार, सङ्गीतकार, गायक-गायिका, युगल गायन, नव गायक-गायिका, सङ्गीत संयोजन, रेकर्डिङ, मिक्सिङ, म्युजिक भिडिओ, भिडिओ निर्देशक, नृत्य निर्देशक, मोडल महिला-पुरुष, नव मोडल महिला-पुरुष, भिडिओ सम्पादक, भिडिओ छायाकार, शृङ्गार, कष्ट्युम डिजाइनर र म्युजिक कम्पनी जस्ता विधामा फारम भर्न सक्ने छन् l हरेक विधाको फारम शुल्क रू. १ हजार तोकिएको छ भने गायक-गायिकाको हकमा अडियो मात्र भएपनि मान्य हुने व्यवस्था गरिएको कुरा थाहा भएको  छ l