सन्तोष र शान्तिश्रीको स्वरमा ‘फुर्के मदानी’

-तुलसी गिरी ‘भावुक’


विश्वकीर्तिमानी सर्जक सन्तोष श्रेष्ठ र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘फुर्के मदानी’ को भिडिओ सार्वजनिक भएको छ l चन्द्र प्रसाई ‘परिष्कृत’ को शब्दरचनामा रहेको यस गीतको भिडिओ शुक्रबार PrasaiSon Entertainment नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l सन्तोष श्रेष्ठको सङ्गीत र राजु कार्कीको सङ्गीत संयोजन रहेको यो गीत अकोष्टिक स्टुडियोका प्राविधिक अजय सिंह कार्कीले केहीदिन अघि रेकर्ड गरेका हुन् भने गीतमा प्रकाश मिश्रको मिक्सिङ / माष्टरिङ रहेको छ l

‘फुर्के मदानी’ को भिडिओ मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा छायाङ्कन भएको हो l जसमा हरिश निरौला र करिष्मा ढकालले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् भने नवराज उप्रेतीको सिनेम्याटोग्राफी र मिलन विश्वकर्माको सम्पादन रहेको छ l भिडिओकी निर्मात्री तेजी प्रसाई हुन् l