देव बहादुर परियार (हिरा) र एलिना चौहानको स्वरमा ‘आँखा आँखैमा’

-प्रकाश बराईली ‘अभिव्यक्ति’


साङ्गीतिक क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु बजारमा आउने क्रम जारी छ । सोही क्रममा बहुप्रतिभाशाली ब्यक्तित्व देव बहादुर परियार (हिरा) को नयाँ साङ्गीतिक कोसेली ‘आँखा आँखैमा’ को भिडिओ सार्वजनिक भएको छ । 

यस गीतमा देव बहादुर परियार (हिरा) र एलिना चौहानको स्वर रहेको छ भने भुवन बडू, भरत भट्ट, समीक्षा चौधरी, कुस्मी चौधरी आदिको कोरस गायन रहेको छ । गीत चर्चित सर्जक भिम कुसारीको शब्द, सङ्गीतमा रेकर्ड भएको हो । 

गीतमा जीवन बडूको म्युजिक एरेञ्ज तथा मिक्सिङ रहेको छ भने खड्ग बुढाले मादल, रिजेन बडूले गीतार, रत्न बिकले बाँसुरी र बलराम जैरुले सहनाई बजाएका छन् । यो गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । 

भिडिओमा शिशिर बुढाथोकीको निर्देशन तथा कोरियोग्राफी, डीपक गिरीको छायाङ्कन र अमृत चापागाईको सम्पादन रहेको छ । जसमा जिबेश गुरुङ, बिना राउत, लालाना चिमोरिया, देव बहादुर परियार (हिरा) र याम जिसीको अभिनय रहेको छ । भिडिओ इनाक्षी ईन्टरटेनमेन्ट नामक  युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।