पाँचौं ‘नेशनल इन्क्लुसिभ म्युजिक ( NIM ) अवार्ड’ सम्पन्न भएको छ । समारोह वरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्व एवं प्रथम उपराष्ट्रपति परमानन्द झा को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नेपाली बाहेक ६ वटा अन्य भाषामा प्रतिस्पर्धा भएर उत्कृष्टमा छनोट भएका विभिन्न भाषाभाषीका गीतहरु सहित उक्त समारोहमा जम्मा ५१ विधामा विभिन्न अवार्ड गरिएको थियो ।
समारोहमा यस वर्षको रजत सम्मानबाट वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ सम्मानित भएका छन् भने रङ्ग पत्रकारितामा लामो समय कलम चलाएका पत्रकार कृष्ण भट्टराईलाई ‘पिम नेपाल कला पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ l यसैगरी लामो समयदेखि मानव अधिकारको क्षेत्रमा सक्रीय अधिकारकर्मी दीर्घराज जोशीलाई ‘सेवा सम्मान’, सङ्गीतकार दीपक शर्मालाई ‘युवा सङ्गीत सम्मान’ र बालगायिका सफलता श्रेष्ठलाई ‘बाल प्रतिभा सम्मान’ वाट सम्मान गरिएको थियो भने अन्य विभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुलाई पनि सम्मान एवं कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपाली चलचित्र, गीत सङ्गीत एवं कला संस्कृतिका क्षेत्रका साथै विभिन्न क्षेत्रमा सक्रीय विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो l कार्यक्रम नेपाल टेलिकम, एभरेष्ट वियर, गरिमा विकास बैंक, गोकर्णेश्वर नगरपालिका, वुढानिलकण्ठ नगरपालिका, घोडाघोडी नगरपालिका, साउथ वेष्टर्न कलेज, ओम समाज अस्पताल, व्ल्याकपर्ल कस्मेटिक, होटल आर्ट, गरिमा विकास बैंक, कुमारी बैंक, एस.मए.एस . सेक्यूरिटी एण्ड एच. आर. सोलुशन प्रा.लि., टिका गोपाल एम्. क्रियशन, डेल्फिक काउन्सिल, काठमाण्डौ महानगरपालिका लगायतका सङ्घ संस्था तथा प्रतिष्ठानहरुले सहकार्यमा सम्पन्न भएको हो ।
अवार्ड विजेता र विधाहरु:
राष्ट्रिय भावको गीत-टेक तामाङ: नेपाल आमा
गजल-बी.बी. थापा : बाँचुञ्जेल हाँसो रहेछ
आधुनिक गायक-नवीन कार्की : आँखाले हेर्यो
आधुनिक गायिका-मिलन नेवार : पल पल चोट
आधुनिक सङ्गीतकार-ओम प्रकाश राई : सिरानी लाए
आधुनिक गीतकार (महिला) तारा अधिकारी : तिम्रै लागि
आधुनिक गीतकार (पुरुष) डा.कृष्णहरि बराल : ऐलान
आधुनिक निर्देशन-अञ्जन शर्मा : भत्केको घर
आधुनिक/लोकपप मोडल(पुरुष) सनम कठायत : किन मरिन म
आधुनिक लोकपप मोडल महिला-अनु शाह : उसलाई पाउन–२
लोकपप गायन-नवीन कुमार पौडेल : मेरी डल्ली
लोकपप गीतकार-अभि क्षेत्री (समर्पण) : नसोध भो
लोकपप सङ्गीतकार – राजेश थापा : सल्लेरीको फेदैमा
लोकपप निर्देशन – बविता श्रेष्ठ : हाम्रो माया चोखो
पप गायन – कृष्ण भट्टराई : शहर
पप गीतकार गौतम डंगोल “सन्देश” : अर्कै साथी
गीतकार (महिला ) रमा थापा : माया विरानो
नवगायिका (आधुनिक/लोकपप) मिना नेपाली : हर श्वासमा
नवगायक (आधुनिक/लोकपप) सविन सुवेदी : आज त लभ पर्छ
नवगायक/गायिका लोकदोहोरी बाबुराम भट्टराई : लभको चक्करमा
नव मोडल (पुरुष) अभि लामा : मर्यो भन्दिनु
नव मोडल (महिला) आलिसा बास्तोला : रुवाउने हजार
लोकदोहोरी गायक स्वरुप राज आचार्य : डाँडाघरे सांइली
लोकदोहोरी गायिका रमिला न्यौपाने : पिर नभाको को छ र
लोकदोहोरी गीतकार सविता पोखरेल : ढाँटे मरिजाउँ
लोकदोहोरी संगीतकार श्रीकृष्ण बम मल्ल : डाँडाघरे सांईली
लोकदोहोरी निर्देशन देबेन्द्र पाण्डे : मन बुढो भएन
लोकदोहोरी मोडल(महिला/पुरुष) जिसु कोईराला : कसो गर्ने होला
ध्वनि मिश्रण मनोज परियार : नयाँ गलबन्दी
सम्पादन राजेश कुमार : तारी खेत
छायाकार उत्सव दाहाल : किन मरिन म
कोरियोग्राफर सुनिता बस्नेत : भाग्य भित्र
डेउडा भाका गायन पुष्पा बोहोरा : जौपात
डेउडा भाका मोडल चक्र बम : ओ मेरी बौजु
थारु भाषा गायन राजेन्द्र शर्मा : सखिय हो
थारु भाषा निर्देशन हिरा चौधरी : सुनर सुनर पहिरन
थारु भाषा मोडल सुनिता दहित : सखिय हो
काँठे भाका गायक अमृत खाती : मिरमिरे साइली
काँठे भाका गायिका उमा श्रेष्ठ : मिरमिरे साईली
काँठे भाका गीतकार डब्बु क्षेत्री : असारे मास
मैथली भाषा गायन आदित्य अजय : रमजान के महिना
मैथली भाषा गीतकार समिर खान : समझु प्रेमक इशारा
मैथली भाषा निर्देशन हुशैन शेख : धोखा हमरा
मैथली भाषा मोडल फिरोज शेख : हम अहाँ के दीवाना
तामाङ भाषा गायक अभिषेक तामाङ : ज्याबा ङ्ङ्बा
तामाङ भाषा गायिका लक्ष्मी तामाङ : चाईना जुत्ता
तामाङ भाषा मोडल (पुरुष) हेरुका लामा : चम चम
तामाङ भाषा मोडल (महिला) सुष्मा मोक्तान : रानी
नेपाल भाषा गायन तेजवती जोशी : योःम जित
नेपाल भाषा शब्द राजु मानन्धर : सुथें लुमनी छन्तः
नेपाल भाषा मोडल श्रेया कार्की : पन्तिया मकर मेला
कल्चरल गीत सिता तुम्रुक : हिलिक हिलक (लिम्बु भाषा)
गायक आधुनिक (पपुलर) यम बराल : खुशीको गीत
मोडल आधुनिक (पपुलर) राजेश हमाल :मन बुढो भएन
गीतकार आधुनिक (पब्लिक च्वाईस) भिष्मराज फुलारा :आँशु पिउँदै
संगीतकार (पब्लिक च्वाईस) सरोज कोईराला : भकारीमा धान
काँठे गायक (पब्लिक च्वाईस) शरण प्रसाद हुमागाई : भिरैको खनायो
मोडल आधुनिक (जुरी) अनिषा पोखरेल : पिक्का
मोडल आधुनिक (जुरी) समिक्षा क्षेत्री : दोष
लोकदोहारी शब्द (जुरी) शिव पौडेल : अँधेरीमा जुन
गीतकार आधुनिक (जुरी) विरेन्द्र थाम्सोहाङ : मनमा माया
गायिका (जुरी) अस्मिता श्रेष्ठ : शिरमा रिवन
गीतकार पप (जुरी) पदम विश्वकर्मा : सल्लेरीको फेदैमा
गायक लोकपप (जुरी) सुजन मोक्तान : नाच्ने गाउने
गायक लोकपप (जुरी) सुनिल कटुवाल : फिक्का
मोडल डेउडा (ईन्करेज्मेन्ट) उमेश भट्ट : मन पण्याकी
गायिका लोकपप (ईन्करेज्मेन्ट) सदिक्षा भुर्तेल : घाँसको भारी
गतिकार लोकपप (जुरी) ज्ञान बहादुर लामा : नाच्नु गाउनु
थारु भाषा मोडल (जुरी) प्रमोद चौधरी : कंगना
नेपाल भाषा गायन (जुरी) विजेन्द्र चवाल : जिवनया छु ईं
मोडल लोकदोहोरी (जुरी) सजिना लामिछाने : पैसाको विटो
लोकपप निर्देशन (जुरी) केशव राज भट्ट : पिरती वस्यो