-प्रकाश बराईली ‘अभिव्यक्ति’
नेपाली साङ्गीतिक बजार सङ्गीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक अनि मौलिक गीत ‘गाउँ घरको माया’ सार्वजनिक भएको छ।
सो गीतमा मौलिकता र स्याङ्जाको घोप्टे गाउँको पृष्ठभूमिलाई भिडिओद्वारा प्रस्तुत गर्ने कोसिस गरिएको छ। साङ्गीतिक बजारमा मौलिक भन्दा पनि चर्चा पाउनका लागि अनेक प्रपोकाण्ड मच्चाउने गीतहरु आईरहेका छन्। तर पनि यस कुरालाई बेवास्ता गर्दै आफ्नो धरातल र आफ्नो पृष्ठभूमिलाई नबिर्सिएर मौलिक गीत ‘गाउँ घरको माया’ सार्वजनिक भएको छ।
यस गीतमा बुद्धिराज बस्याल र सम बस्यालको स्वर रहेको छ भने बुद्धिराज बस्यालको शब्द/सङ्गीत, अर्जुन थापा मगरको म्युजिक एरेञ्ज,बिमल छिनालको मिक्सिङ रहेको छ। गीतको भिडिओमा अर्जुन थापा मगरको निर्देशन रहेको छ भने सुशील डाँगीको छायाङ्कन र सम्पादन रहेको छ। उक्त गीतको भिडिओमा बुद्धिराज बस्याल र सम बस्यालको अभिनय रहेको छ। यस गीतलाई बुद्धिराज बस्यालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।














