ईश्वरले ल्याए ‘शरदको चिसो हावामा’

-सानु श्रेष्ठ 

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द, सङ्गीतमा ‘शरदको चिसो हावामा’ गीतको भिडिओ सार्वजनिक भएको छ । विदेशी भूमिमा व्यस्त जीवन व्यतितको बाबजूद पनि नेपाली गीत-सङ्गीतलाई माया गरि एकपछि अर्को भिडिओ दर्शक, श्रोतामाझ पस्कने क्रममा उनको यो पछिल्लो ‘शरदको चिसो हावामा’ गीतको भिडिओ सार्वजनिक भएको हो ।

एडवर्ड थापाको स्वर रहेको गीतको भिडिओमा ईश्वर थापा र शिल्पा पोखरेललाई क्यानडाको सुन्दर दृश्य समेट्दै फिचरिङ्ग गरिएको छ भने यसमा छायाङ्कन, सम्पादन तथा निर्देशन हेरुका लामाको रहेको छ । अभिनेता ईश्वर थापाले गत महिना बडा दसैंको अवसर पारेर ‘दशैंको टिका’ गीतको भिडि सार्वजनिक गरेका थिए ।