-प्रकाश बराईली ‘अभिव्यक्ति’
शंकर बिसीको शब्द सिर्जनामा रहेको वि^योगान्त भावको गीत ‘एउटा नाता’ को भिडिओ सार्वजनिक भएको छ। गीतमा रमेशराज भट्टराईको सङ्गीत, राम कुमार नेपालीको सङ्गीत संयोजन र एलिना चौहानको स्वर रहेको छ भने कुमार राना मगरले मिक्सिङ गरेका छन्।
गीतको भिडिओमा शंकर बिसीको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र नवीन घर्ती मगरको सम्पादन रहेको छ, जसमा एलिना चौहानले नै अभिनय गरेकी छिन्। शंकर बिसीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो म्युजिक भिडिओ गायिका एलिना चौहानको वास्तविक कथामा मिल्दोजुल्दो रहेको छ।
