प्रतिष्ठानको अध्यक्षमा रुद्रसेन निर्विरोध

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशनवाट रुद्रसेन विश्वकर्मा निर्विरोध अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको अधिवेशनले विश्वकर्माको नेतृत्वमा १४ सदस्य निर्वाचित गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा इन्द्र सिलवाल, महिला उपाध्यक्षमा हेम कुमारी वराल(सुनिता), सचिवमा विनोद ढुंगेल, कोषाध्यक्षमा राधा गौतम र सह-सचिवमा विकास पाण्डे निर्वाचित भएको प्रतिष्ठानले जनाएको छ । यसैगरी सदस्यहरुमा भने तेजनारायण सर्मा, सरोज सन्त, सोरथा लामा, शर्मिला रमौली, रुवि झा, नीर कुमारी विश्वकर्मा, रमा सर्मा ढकाल र आशा तोलाङ्गे निर्वाचित भएको नवनिर्वाचित सचिव विनोद ढुंगेलले जानकारी दिए । यसअघि तदर्थ समितीको समेत नेतृत्व गरेका रुद्रसेन बिश्वकर्मा दोहोरिएका छन् भने अन्य पदाधिकारीहरुमा नयाँ अनुहार छन्।

मौलिक संस्कार र सस्कृतिलाई एकाकार गर्दै लोक संस्कृतिको जगेर्नामा नवनिर्वाचित नेतृत्वले महत्वपूर्ण काम गर्ने विश्वास लिइएको छ । छोटो समयमा नै देशव्यापी विस्तार भएको यस प्रतिष्ठानले सराहनीय काम गरेको वताउँदै मधेशका चर्चित लोक सर्जक समेत रहेका विश्वकर्मा नेत्तृत्वको समितिले अझ राम्रा र दीर्घकालीन काम गर्ने  विश्वास प्रमुख अथितिको रुपमा सहभागी नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले व्यक्त गरेका छन् ।