टीका भट्टराई नेपालद्वारा रचित गीतसङ्ग्रह ‘माटोको सुगन्ध’ को लोकार्पण गरिएको छ l गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको सभापतित्व एवं विशिष्ट गायिका मिरा राणाको प्रमुख आतिथ्यतामा आयोजित एक औपचारिक समारोहमा गीतकार भट्टराईको सो कृति सार्वजनिक गरिएको हो l पुस्तकमा १ सय ११ वटा गीत सङ्ग्रहित छन् l
कनकाई न.पा.-३, सुरुङ्गा, झापाकी स्थायी बासिन्दा सर्जक भट्टराईका यसअघि मूर्च्छना (गीतसङ्ग्रह-२०८०), अनुभूतिका स्वरहरु (गीतसङ्ग्रह-२०७९), सन्तानको माया (गीतसङ्ग्रह-२०७८), मनका तरङ्गहरु (गीतसङ्ग्रह-२०७८), प्रीति (गीति एल्बम-२०७७), प्रीतिपुष्प (गीत सङ्ग्रह-२०७७), तस्बीर तिम्रो (गीति एल्बम-२०७६) र आमाको माया (शोक काव्य-२०५६) प्रकाशित छन् l
