सुप्रसिद्ध सर्जक नरहरि प्रेमीको शव्दरचना/सङ्गीतमा रहेको गीत ‘नजरको गोली’ को भिडिओ सार्वजनिक भएको छ l सञ्जय हमालको म्युजिक एरेन्ज र अजय अधिकारीको रेकर्डिङ्/मिक्सिङ/माष्टरिङ रहेको यस गीतमा रोशन सिंह क्षितिज र रचना रिमालले स्वर दिएका छन् l भिडिओ Roshan Singh Kshitij युट्युब च्यानलबाट बजारमा आएको हो l
गोविन्द विवश र लक्ष्मी सुनार लगायतका कलाकारहरुको आकर्षक नृत्य/अभिनय रहेको यो भिडिओ तिलक शाहीको कोरियोग्राफीमा छायाङ्कन भएको हो l भिडिओमा दिनेश खनालको सिनेमाटोग्राफी र राजेश कुमारको सम्पादन रहेको छ l
