सङ्गीत तथा चलचित्र उत्पादक समाज नेपालको ८ औं र ९ औं साधारण सभाले सूर्य बहादुर मगरको अध्यक्षत़ामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। तमु बौद्ध सेवा समितिको सभा हल अनामनगरमा शुक्रबार सम्पन्न सभाले सूर्य बहादुर मगरलाई दोस्रो कार्यकालको लागि चयन गरेको हो l
समाजको नयाँ समितिको उपाध्यक्षमा तोरण गुरुङ (शशी), महासचिवमा धनु ज्ञाङमी, सचिवमा ईश्वर बहादुर गुरुङ र कोषाध्यक्षमा रुकमान लिम्बू सर्वसम्मत भएका छन् भने सदस्यहरुमा रुपेन्द्र खड्गी, खुशी थुलुङ्ग राई, सक्षम श्रेष्ठ र जनक तामाङ चुनिएका छन् l
नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार सविता कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा अध्यक्ष मगरले पेश गरेको ५ बुँदे प्रस्ताव समेत सर्वसम्मत पास भएको थियो l
![](https://emusicdiary.com/wp-content/uploads/2022/03/kumar-rana-maruni-digital.jpg)