राम धिमाल र सविता बस्नेतको स्वरमा सन्देशमूलक गीत ‘बाबा आमा भगवान’

-तुलसी गिरी ‘भावुक’

राम धिमाल र सविता बस्नेतको स्वरमा बाबा आमाप्रति छोराछोरीको कर्तव्य वयान गरिएको सन्देशमूलक भावको गीत ‘बाबा आमा भगवान’ को भिडिओ बजारमा आएको छ l दाजु बहिनीको संवादको रुपमा प्रस्तुत गरिएको यो युगल गीत सर्जक चन्द्रमान तामाङको शब्द/सङ्गीतमा तयार भएको हो भने गीतमा मनोहर सुनामको सङ्गीत संयोजन र भोला पौडेलको मिक्सिङ/माष्टरिङ रहेको छ l भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l जसमा वीरेन्द्र भाट ‘विपिन’ को सिनेमाटोग्राफी एवं सम्पादन रहेको छ l

नेपाली समाजको घर घरको यथार्थ कथा बोकेको यस गीतमा परदेशी छोराछोरी कहिले घर फर्कलान् भनेर बाटो हेरिरहेका लाखौँ बाबु आमाको एकांकी अवस्थालाई मा^र्मिक ढङ्गमा प्रस्तुत गरिएको छ l गीतले बाबु आमाप्रति छोराछोरीको कर्तव्य र जिम्मेवारीको गहिरो र मननीय सन्देश छरेको छ l साथै संसारमा बाबु आमा भन्दा ठूला कोही पनि नभएको र जीवित छँदै तन मनले उनीहरुको सेवा गर्न प्रेरित गरेको छ l