-तुलसी गिरी ‘भावुक’
‘नेपाली गीत सङ्गीत र संस्कृति संरक्षणको अभियान, व्यावसायिक एकता सहितको हाम्रो पहिचान’ भन्ने मूल नारा सहित सङ्गीत व्यावसायीहरुको एक मात्र छाता संगठन ‘नेपाल सङ्गीत उद्योग सङ्घ’ ले आयोजना गर्दै आएको AMIN NATIONAL MUSIC AWARD को चौथो संस्करणको लागि आवेदन खुला भएको छ l काठमाण्डौमा आज पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा जानकारी गराईएको हो l आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष डा. सूर्य बहादुर मगरले अवार्ड आयोजना गर्नुको उद्देश्य, औचित्य र महत्वबारे प्रकाश पार्दै अमर सर्जक गोपाल योञ्जनदेखि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य जस्ता सर्वप्रिय कलाकारको इतिहास बोकेको संस्था भएको कारणले पनि यस संस्थाले आयोजना गरिरहेको यो अवार्ड पृथक र विशेष भएको बताएका थिए l अवार्डको टाइटल ‘अथक शान्त साधक विश्वनाथ केडिया AMIN NATIONAL MUSIC AWARD रहेको कुरा समेत सङ्घका वर्तमान तथा नवौं अध्यक्ष मगरले जानकारी गराएका छन् l
कार्यक्रममा दिईएको जानकारी अनुसार अवार्डका लागि आधुनिक गीत, चलचित्र गीत, पप गीत, लोकदोहोरी गीत, काँठे गीत, लोकगीत, लोकपप गीत, पूर्वेली गीत, राष्ट्रिय भावको गीत, भाषिक गीत (मगर, तामाङ, गुरुङ, लिम्बू, नेवारी, राई, थारु, याख्खा, मैथली, देउडा र भोजपुरी), अन्य गीतको विधा अन्तर्गत काँठे, घाटु, टप्पा, कौडा, सोरठी, संगिनी, मारुनी, हुर्रा, थालीनाच र पञ्चेबाजा साथै शव्द, सङ्गीत, गायक, गायिका, नव गायक, नव गायिका, मोडल पुरुष, मोडल महिला, मोडल पुरुष (नव), मोडल महिला (नव), एरेन्जर, रेकर्डिष्ट, भिडिओ निर्देशक, कोरियोग्राफर, भिडिओ सम्पादक, ध्वनि सम्पादक, छायाकार, मेकअप आर्टिष्ट, कष्टुम डिजाइनर र म्युजिक कम्पनी विधामा प्रतिस्पर्धाको लागि सङ्घले उपलव्ध गराएको फारम भरेर आवेदन दिन सकिने छ l
अवार्ड सम्बन्धी थप कुरा बुझ्नु परेमा ९८५१००६४६६ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ l सङ्घका अध्यक्ष डा. सूर्य बहादुर मगरको अध्यक्षत़ा एवं पूर्व अध्यक्ष पदम बहादुर बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोलाई कार्यक्रम संयोजक जानकी थापा मगरले सहजीकरण गरेकी थिईन् l
