छाडिजानेको यादमा गीतकार सुवेदी

गीतकार प्रकाश सुवेदीको शब्द सृजना, राजकुमार ब^गरको सङ्गीत, साहस शाक्यको सङ्गीतसंयोजन र स्वरुपराज आचार्यको स्वरमा रहेको ‘नआइदे याद’ बोलको गीतको लिरिकल भिडिओ सृजना र सेरोफेरो YouTube च्यानल मार्फत सार्वजनिक भएको छ । गीतको लिरिकल भिडिओ वर्ल्ड कभर मिडियाका भिडिओ सम्पादक लोकेश भाटले तयार पारेका हुन् भने रेकर्डिङ् कार्य अनामनगरमा रहेको त्रिवेणी डिजिटलमा सम्पन्न भएको हो ।

प्रायजसो आशावादी, प्रवर्द्धनमूलक र सचेतनामूलक गीत लेख्ने प्रकाशले यसपटक भने गहिरो खालक‍ो वि^योगको गीत लेखेका छन् । प्रकाशले `नआइदे याद´ बोलको गीत मार्फत एउटा बिछोडिएको प्रेमीको मानसिक दशालाई दर्शाउन खोजेका छन् ।

जसरी बर्षातको पानीले शरीर भिजाउँछ एउटा सच्चा माया गर्ने प्रेमीलाई उसको प्रेमिकाको बि^छोडको यादले त्यो भन्दा बढि भिजाउँछ । गीतकार भन्नुहुन्छ- ‘आकाशको झरीबाट सुरक्षित हुने अनेक उपाय हुन्छन् तर मनको झरीबाट जोगिन धेरै कठिन हुन्छ । आकाशे झरीले शरीर भिजाउँछ भने मनको झरीले मान्छेको दिल अर्थात हियरा भिजाउँछ l’

गीतले भनेको छ- बिछोडको पिडाले शिथिल बन्नु भन्दा त सदाका लागि विर्सन पाए हुन्थ्यो । असह्य पि^डाले होला गीतकार बजारमा भेटिने भए बिर्साउने ओखती नै खान्थेँ भन्छन् । उनी आफूलाई बारम्बार रुवाईरहने मनभित्र रहेको उनको तस्बिर समेत मेटाएर आफ्नै गति समातेर नदीझैँ एकोहोरो बग्न चाहन्छन् । बल्झाउने र अल्झाउने यादबाट पूर्णतया मुक्त रहन चाहन्छन् । आफूले हृदयदेखि नै माया गरेको मान्छेसँग बिछो^डिएपछिको मानसिक अवस्था, बिर्सन चाहेर पनि नसकेको पि^डादायक स्थिति र पल पल ज^लेको मन लिएर बाँच्न बाध्य अवस्थाको गहिरो अभिव्यक्ति गीतमा सुन्न सकिन्छ ।

नआइदे याद, नआइदे बर्षात, व्यर्थैमा भिजाउन
नलाग्दे प्यास, नलाग्दे आश, कलेजी बिझाउन

आकाशको झरी छाताले छेक्छ मनैक‍ो छेकिन्न
हियराभित्र बगेको आँसु आँखामा देखिन्न
अतीतका दिन सम्झाई मन नबल्झाऊ भो अब
बग्दैछु आफ्नै समाई लय नअल्झाऊ भो अब

नदेखूँ भन्छु सपना पनि झ-झल्को नआओस्
बिर्सेको तस्बिर सम्झेर फेरि आँखैमा नछाओस्
यो मनभित्र त्यो रूपचित्र छ भने मेटियोस्
बिर्साउने कुनै ओखतीमुलो चाँडै नै भेटियोस्