-तुलसी गिरी ‘भावुक’
सुप्रसिद्ध गायिका रिता के.सी. को स्वरमा रहेको तिहार विशेष गीत ‘अल्झियो बाबा पछ्यौरी मेरो’ को भिडिओ सार्वजनिक भएको छ l यो गीत गम्भीर एवं गहिरो भावका गीतकारको रुपमा पहिचान स्थापित गरेका गीतकार नृपध्वज खड्काले रचना गरेका हुन् l
भाइटिकाको लागि माइत जाने तयारीमा रहेकी एउटी चेली अनेकन बाध्यतामा अल्झिएर घरबाट निस्कन नपाएको पीडा अनि बहिनीलाई सम्झिएर कतै दाइ आउँछ कि भनेर बाटो हेर्दा हेर्दै ओइलाएका मालाको कथा गीतमा प्रकट भएका छन् l फरक र विशिष्ट शैलीका पर्याय गीतकार नृपध्वजको उच्चस्तरको अभिव्यक्ति शिल्प गीतमा महसुस गर्न सकिन्छ l
मनोहर सुनामको सङ्गीत र भोला पौडेलको रेकर्डिङ्/मिक्सिङ् रहेको यो गीतको भिडिओ वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा तयार भएको हो l भिडिओमा वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन एवं सम्पादनमा रहेको छ l