यथार्थपरक कथामा दीपेन्द्र अधिकारीको दसैं-तिहार गीत

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीको रचनामा साहस शाक्यको सङ्गीत, सङ्गीत संयोजन तथा स्वर रहेको दसैं-तिहार गीत ‘फर्किन्छु यसपालि’ को भिडिओ बजारमा आएको छ l चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको यस गीतको भिडिओ सर्जक अधिकारीकै अफिसियल युट्युब च्यानल dA Creations बाट हालै सार्वजनिक भएको हो l गीतकार अधिकारीको रचनामा केही समय अघि मात्र समसामयिक विषयमा जिन्दगी हो खेल जस्तै’ बोलको गीत सार्वजनिक भएको थियो l

कथात्मक शैलीमा निर्माण भएको यो म्युजिक भिडिओ रोहन नेपालीको निर्देशनमा छायाङ्कन भएको हो भने भिडिओमा तेज गिरी, प्रकाश घिमिरे, मधु क्षेत्री, प्रमिला तुलाचन, विनोद नेपाली, सुमन कार्की आदि कलाकारको अभिनय रहेको छ l नताशा क्रिएशनको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओका सम्पादक नहकुल खड्का हुन् l

लगातार यथार्थपरक विषयवस्तुमा गीत लेखेर आफूलाई फरक रुपमा प्रस्तुत गरिरहेका लोकप्रिय गीतकार दीपेन्द्र अधिकारीले यस पटक परदेश गएको एक युवक र आश्रित परिवारको कारु^णिक कथा प्रस्तुत गरेका छन् l वियो^गान्त भावको यस म्युजिक भिडिओमा लामो समय पछि परदेशबाट घर फर्कंदैगरेको युवक चढेको गाडी पहिरोमा पुरिएपछि उसको बाटो हेरिरहेका परिवारजनमा परेको बज्र^पात मार्मिक ढङ्गमा प्रस्तुत गरिएको छ l यसलाई  सुनौलो भविष्यको सपना बोकेर बाध्यतावश विदेश गएका लाखौँ नेपाली युवाहरुको नियति र पूरा नहुँदै कल्पनामै विलिन भएका सपनाहरुको प्रतिनिधि भिडिओको रुपमा मूल्याङ्कन सकिन्छ l

केहीदिन अघि नेपालमा आएको अविरल वर्षाका कारण धनजनको ठूलो क्षति भएको थियो l धेरै यात्रुवाहक सवारी साधन पहिरोमा पुरिएसँगै कैयौं परिवारका सपना र भविष्य पनि पुरिएका थिए l प्रस्तुत गीत तथा भिडिओ यही वि^भत्स घटनामा आधारित भएको देखिन्छ l लामो समयदेखि जापानलाई कर्मथलो बनाई एक सफल व्यावसायीको रुपमा स्थापित गीतकार दीपेन्द्र अधिकारीको यो म्युजिक भिडिओले पनि उनका अघिल्ला भिडिओ झैं दर्शक-श्रोताको मन जित्ने छ भन्ने विश्वास गर्न सकिन्छ l