गीतकार डा. शिव सुवेदीको शब्द सिर्जनाको नयाँ लोकगीत ‘नरोऊ है आमा’ को भिडिओ सार्वजनिक भएको छ । छोरीको पीर लिइरहने आमालाई विश्वस्त तुल्याएका शब्दहरु समेटिएको यस गीतमा स्वर अस्मिता डल्लाकोटीको, सङ्गीत नन्दु परियारको र सङ्गीत संयोजन पूर्ण संयोगको रहेको छ भने गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।
गीतको भिडिओमा गायिका डल्लाकोटी नै मुख्य भूमिकामा रहेकी छन् । अभिनेत्री हिउँबाला गौतम, शक्तिकुमार गोदार र कुशल पोखरेलले उनलाई साथ दिएका छन् । कपिल लामाले निर्देशन गरेको यस म्युजिक भिडिओको छायाङ्कन राजेश घिमिरेको रहेको छ भने सम्पादन शिव पौडेलको छ ।