शब्दसारथि हरि मञ्जुश्री सम्मानित

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री आज हरितालिका तीजका दिन ‘मध्यपूर्व सम्मान, २०८१’ बाट सम्मानित हुनुभएको छ । उहाँलाई सामुदायिक रेडियो मध्यपूर्व एफएमले सम्मान गरेको हो ।

उहाँमा समर्पण गरिएको सम्मानपत्रमा साहित्य क्षेत्रका माध्यमबाट समाज–परिवर्तनमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बेहोरा उल्लेख छ ।