सत्य कथामा आधारित गीत ‘गुमेका चिज आउँदैनन् फर्केर’ को भिडिओ सार्वजनिक

रमेश शिवशंकरको प्रस्तुतिमा रहेको गीत ‘गुमेका चिज आउँदैनन् फर्केर’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा गुमेका चिज अनि बितेका कुराहरु फर्केर आउँदैनन्, गुमिसकेका चिजहरु पाउन मुस्किल हुन्छ । गुमेका चिजहरुको पछि मात्र महत्व हुन्छ, जे छैन अनि जो ब्यक्ति छैन त्यसको महत्व धेरै हुने गर्छ भन्ने कुरा गीतमा प्रस्तुत गर्न खोजिएको छ ।

https://www.youtube.com/watch?v=9ZBhI1sifKc

गुमिसकेका चिजहरु फर्केर आउँदैनन्, त्यसलाई सम्झेर आँशु झार्नु र मन शान्त बनाउनु बाहेक अरु बिकल्प हुँदैन । छैटौंको दिन भावीले जे लेखेको छ त्यो सबैले भोग्नु पर्ने नै हुन्छ । गरिबदेखि राजा महाराजाहरु जो सुकैले पनि भावीले लेखेको कुरा भोग्नै पर्ने हुन्छ, कसैलाई पनि छुटकारा छैन भन्ने पनि गीतमा सन्देश दिन खोजिएको छ ।

‘गुमेका चिज आउँदैनन् फर्केर’ ७३ बर्षिय गायिका धन कुमारी गौचनको वास्तविक कथामा आधारित गीत हो । उनका छोरा केही बर्ष अघि परदेशमा स्वर्गीय भए भने त्यसको लगत्तै केही बर्षमा उनका श्रीमानको पनि स्वर्गारोहरण भएको थियो ।

यस गीतमा भाईरल बाल प्रतिभा कल्पना बिष्ट र ७३ बर्षिय गायिका धन कुमारी गौचनको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को शब्द, गायक एवं संगीतकार रमेश बिक्रम रत्नको सङ्गीत, हेमन्त शिशिरको म्युजिक एरेञ्ज, लक्षु प्रकाश मल्लको रेकर्डिङ र मनोज डंगोलको मिक्सिङ रहेको छ ।

भिडिओमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को छायाङ्कन, निर्देशन रहेको छ भने लोकेश भाटको सह सम्पादन, वीरेन्द्र भाट ‘विपिन’को सम्पादन, महेश शिब भक्तिको कस्टुम डिजाईन रहेको छ । भिडिओमा सुरवीर पण्डित (दाह्री बा), धन कुमारी गौचन र कल्पना बिष्टको अभिनय रहेको छ । भिडिओ Prakash Baraili Avibekti नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।