परेश राई र इन्द्रकला राईको स्वरमा संयोगान्त प्रेमकथा ‘लिम्दुङमा साइँली’

परेश राई र इन्द्रकला राईको स्वर रहेको पूर्वेली लोकभाकाको गीत ‘लिम्दुङमा साइँली’ को भिडिओ सार्वजनिक भएको छ । देभिनबाबु राईको शब्द/सङ्गीत र सागर संसार राईको सङ्गीत संयोजन रहेको यस गीतको भिडिओ डिजे मेवाहाङको निर्देशनमा छायाङ्कन भएको हो l भिडिओमा गायक परेश, विपना राई र तिमालकुमार राईलाई प्रमुख कलाकारको रुपमा फिचरिङ गरिएको छ । भिडिओ भोजपुरको रमणीय उच्च पहाडी भूमि मैयुङ आसपास छायाङ्कन गरिएको कुरा थाहा भएको छ ।

संयोगान्त प्रेमकथामा आधारित यस भिडिओमा एक गाउँको गरिब गोठालो युवक र सम्पन्न जिम्बाल बाउकी छोरीबीचको प्रेम, युवतीको परिवारले युवकलाई स्वीकार गर्न नसकेको अवस्था र अन्त्यमा प्रेमको जित भएको देखाईएको छ । अमृत चापागाईंको सम्पादन रहेको यस भिडिओमा गंगाराम राईको छायाङ्कन छ भने सिर्जन राईले सहयोगी छायाकारको रुपमा काम गरेका छन् । भिडिओमा पहाडी गाउँको रहनसहन, भेषभूषा र जीवनशैलीको समेत शाश्वत झल्को पाइन्छ भने पात्रहरु जीवन्त भएको अनुभूति हुन्छ ।