समीप र मिशेलको जोडदार अभिनयमा ‘चाहिँदैन तिम्रो माया’ को चाइल्ड भर्सन सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

कलाकारिताको क्षेत्रमा उत्साहजनक सफलता हात पारिरहेकी उदियमान कलाकार मिशेल घिमिरे अभिनित म्युजिक भिडिओ ‘चाहिँदैन तिम्रो माया’ सार्वजनिक भएको छ l भिडिओ Samip Niraula युट्युव च्यानलबाट आजै डिजिटल बजारमा आएको हो l

सुवास कार्की (कार्कीजी) को शब्द/सङ्गीत रहेको यो गीत ‘चाइल्ड भर्सन’ को रुपमा आएको बताईएको छ l जसमा प्रतिभाशाली बाल गायक सुप्रिम मल्ल ठकुरीले स्वर दिएका छन् भने विशाल निरौलाको म्युजिक एरेन्ज र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको छ l

मुश्कान ढकालको लेखन/निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा समीप निरौला, मिशेल घिमिरे, सौगात कारन्जित, सौगात गौतम, सिर्जना कोईराला, कुमार भारती एवं बालकलाकार आयुषी ढकाल र जेविश श्रेष्ठको अभिनय रहेको छ l भिडिओका छायाकार सङ्कल्प भुजेल हुन् भने टेकेन्द्र शाहले दृश्य सम्पादन गरेका छन् l भिडिओमा शरीर बेचेर बाँच्न बाध्य एक महिलालाई समाजमा पुनर्स्थापन गरिएको छ l सकारात्मक/सन्देशमूलक यस भिडिओका निर्माता श्रीकृष्ण निरौला हुन् l समीप र मिशेलको जोडीलाई यसअघि नै दर्शकले निकै मन पराएका थिए l यस भिडिओमा पनि यो जोडीको अभिनयलाई दर्शकले रुचाउने अपेक्षा गर्न सकिन्छ l

यसअघि मिशेल घिमिरे अभिनित म्युजिक भिडिओ जिन्दगीकी राहों मे (हिन्दी), देश छोड्नेको लर्को, तिमी आउने बाटोभरि, परिणाम, थोपा, धोका, छौ नि तिमी आहा र गन्तव्य खोज्दै सार्वजनिक भईसकेका छन् भने साप्ताहिक रुपमा प्रसारण हुँदै आएको उनको पहिलो धारावाहिक फिल्म ‘रिटायर हवल्दार-२’ को ८ औं शृङ्खला समेत सार्वजनिक भईसकेको छ l हाल उनी मण्डला थिएटरमा नाट्यविधाको प्रशिक्षण लिईरहेकी छिन् भने उनको अभिनय रहेको नाटक ‘राधा’ यही असारको अन्तिम साता मञ्चन हुने कुरा थाहा भएको छ l नृत्यको समेत प्रशिक्षणमा व्यस्त रहेकी प्रतिभाशाली कलाकार मिशेल आफूलाई कलाकारिताको हरेक विधामा उत्तिकै अब्बल बनाउन चाहन्छिन् l