प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीतमा ‘मैले भन्दा माया’

प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीत, मिक्सिङ र माष्टरिङ रहेको गीत ‘मैले भन्दा माया’(बधाई तिमीलाई)को भिडिओ बजारमा आएको छ l चन्द्रज्योति आलेको शव्दरचना एवं राजु कार्कीको सङ्गीत संयोजन रहेको यस गीतमा युवराज चौंलागाईले स्वर दिएका छन् l

लोकप्रिय कलाकार पल शाहको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा अञ्जना पुन मगर र पल स्वयंको अभिनय रहेको छ l दिनेश पराजुलीले खिचेको यो भिडिओ मिलन विश्वकर्माले सम्पादन गरेका हुन् l