टीका भट्टराई नेपालको गीतसङ्ग्रह ‘मूर्च्छना’ को विमर्श कार्यक्रम सम्पन्न

साहित्यकार टीका भट्टराई नेपालको गीतसङ्ग्रह ‘मूर्च्छना’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ l गीतकार सङ्घ नेपालको सभाहल बिजुलीबजारमा बुधबार आयोजित एक समारोहमा सम्बन्धित विधाका सर्जकहरुले सो गीतसङ्ग्रहको बारेमा विमर्श गरेका थिए l गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त बित्याशी थापाको सभापतित्वमा सम्पन्न सो समारोहमा सम्मानित गीतकार विश्व बल्लभको प्रमुख आतिथ्यता रहेको थियो भने सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष चेतन सापकोटा विशेष अतिथिका रुपमा उपस्थित रहेका थिए l

समारोहमा गीतसङ्ग्रह ‘मूर्च्छना’ की सर्जक टीका भट्टाराई नेपालले अतिथिहरुको स्वागत गरेकी थिईन् l यसैगरी कृष्ण निराकार सुवेदीले स्रष्टा परिचय प्रस्तुत गरेका थिए भने लोकप्रिय गीतकार प्रमोद ढुङ्गाना र कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले गीतसङ्ग्रहको बारेमा विमर्श गरेका थिए l

सङ्घका उपाध्यक्ष रमेश कोईरालाले सञ्चालन गरेको सो समारोहमा गंगाराज मुकारुङ, रविन्द्र आशिष शैली, भरत बमजन, राम भट्टराई, नारायण कुमार आचार्य, तारा अधिकारी, गोविन्द शृङ्खला, डा. ओमकृष्ण प्रसाईं, अष्ट लामा, ज्योतिप्रकाश, झलक सङ्ग्रौला, गणेश पराजुली, उत्तम केसी, तारावीर पाण्डे लगायतका लोकप्रिय एवं विशिष्ट सर्जक, कलाकार र सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति रहेको थियो l