माधव भण्डारीको नयाँ गीत ‘हाँस परान’ को भिडिओ सार्वजनिक

लोकप्रिय गायक माधव भण्डारीको नयाँ गीत ‘हाँस परान’ को भिडिओ सार्वजनिक भएको छ । भण्डारीकै शब्द, सङ्गीत, म्युजिक एरेञ्ज र डिका गुरुङको मिक्सिङ/माष्टरिङ रहेको सो गीतको भिडिओ सर्जक/कलाकार भण्डारीकै आधिकारिक युट्युब च्यानल Madhav Bhandari बाट सार्वजनिक भएको हो । स्वरमा रेजिना परियारले भण्डारीलाई स्वरमा साथ दिएकी छिन् ।

मिलन श्रेष्ठको निर्देशन रहेको सो गीतको भिडिओमा हिराकाजी सेञ्चुरी, प्रकाश सोनी, गीता केसी, काजल गोतामेलगायतको अभिनय रहेको छ । विशाल गोङ्बाको सिनेमाटोग्राफी र ड्रोन सञ्चालान रहेको सो भिडिओमा रोशन धितालको सम्पादन छ ।