वियोगान्त भावमा ‘महङ्गो भो तिम्रो माया’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको सङ्गीतमा रहेको वियोगान्त भावको गीत ‘महङ्गो भो तिम्रो माया’ को भिडिओ सार्वजनिक भएको छ l भिडिओ यस गीतका रचनाकार जी. एम. दिपु दिपेन्द्रको आधिकारिक युट्युब च्यानल G.M. Dipu Dependra बाट आजै डिजिटल बजारमा आएको हो l कमल सौरागको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ राजकुमार बगरले नै गरेका हुन् l

राहुल बराईलीको कोरियोग्राफी र कृष्णदेव रुपाखेतीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा मुकेश हुमागाईंको सेनेमाटोग्राफी र मिन रावलको दृश्य तथा रङ्ग सम्पादन रहेको छ भने अनुपजंग थापा ‘विचित्र’, सोनी बीसी र आराध्य आर.एल.डीसीले अभिनय गरेका छन् l भिडिओमा मन भन्दा धन ठूलो ठान्ने पत्नीको कारण भताभुङ्ग भएको एउटा परिवारको कारुणिक कथा प्रस्तुत गरिएको छ l भिडिओ जनता डिजिटलको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो l