छैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको ताज झापाकी शर्मिलाले चुमिन्

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी शर्मिला बुढाथोकीले जितेकी छिन् । बेष्ट नेलआर्टको उपाधि समेत जितेकी शर्मिलाले बिजेता भएबापत २५ हजार रुपैयासहित विभिन्न उपहार प्राप्त गरिन् ।

काठमाडौंको जमल स्थित नाचघरमा सोमबार बेलुका सम्पन्न सो प्रतियोगितामा १५ हजार रुपैया सहित फस्ट रनरअप र मोस्ट ट्यालेन्ट अवार्ड निशा थापाले, १० हजार रुपैया सहित सेकेन्ड रनरअप र बेस्ट हेयर स्टाइल अवार्ड अम्बिका तुलाधर अधिकारीले, थर्ड रनरअप र बेस्ट हेयर केमिकल टेक्निशियन अवार्ड रजनी राईले हासिल गरे ।
समारोहमा विमली तामाङले भिवर्य च्वाइस, बेष्ट ड्रेस र इन्नोसेन्ट व्युटिसियन गरी तीन अवार्ड हासिल गरिन् । यस्तै एलिशा फुयालले पब्लिक च्वाइस अवार्ड सहित फोटोजेनिक अवार्ड, सञ्जु तामाङले मोस्ट बब्लीसहित मल्टिमिडिया च्वाइस अवार्ड हासिल गरिन् ।

मस्ट पँचुअल अवार्ड सबिना शाहीले, मस्ट इन्नोसेन्ट व्युटिसियन अवार्ड अनिता कालीकोटेले, मस्ट डिसिप्लेन अवार्ड जेस्मी श्रेष्ठ, मस्ट फ्रेन्डली अवार्ड मैना श्रेष्ठले, बेस्ट एण्ड हेल्दी हेयर अवार्ड उषा कापडले, बेस्ट स्किन अवार्ड हिसिला महर्जनले, स्माइल अवार्ड अस्मिता अधिकारीले, अर्गनाईजर च्वाईस र मस्ट ब्यूटीफुल अवार्ड सनम खड्गीले, मस्ट कन्फिडेन्ट अवार्ड सबिना महर्जनले, मस्ट इन्टेलिजेन्ट अवार्ड सृजना श्रेष्ठले, बेष्ट फिटनेस अवार्ड लक्ष्मी पोखरेलले, बेष्ट पर्सनालिटी अवार्ड मञ्जु खत्रीले, बेष्ट मेहेन्दी आर्ट अवार्ड सम्झना सुवेदी थापाले, बेष्ट केराटिन टेक्निसियन अवार्ड अम्बिका खत्रीले, बेस्ट क्याटवाक अवार्ड आरती राईले, बेष्ट मेकअप अवार्ड ऋतु राना (रिता)ले र म्यानेजमेन्ट च्वाईस अवार्ड रीता भट्टराईले प्राप्त गरेका छन् ।

ग्रान्ड फिनाले समारोहमा निर्णायकहरुमा डा. सरोज लामिछाने, अभिनेता तेज गिरी, एच्यु हेयर ओयलकी प्रबन्ध निर्देशक बिमला मानन्धर, इभेन्ट निर्देशक धिरज तण्डुकार, व्युटिसियन पूजा श्रेष्ठ, बाटिका क्रियसनकी फेशन डिजाईनर गोमा अधिकारी धिताल र हाईड एन्ड सिक किन्डर गार्डेनकी प्रिन्सिपल कुमुद भट्ट थिए ।

तस्बिर : बद्री थापा