जलसम्पदा संरक्षणको नारा बोकेर २२ स्रस्टाहरु सुकुटे बीच पुगे

मन्जिला अनिलको नेतृत्वमा २२ जना स्रष्टाहरु सुकुटे बीच रिभर फन पुगेका छन् । ‘जलसम्पदा संरक्षणमा हाम्रो ऐक्यबद्धता’ भन्ने नारा बोकेरै दुईवटा गाडीमा रमाइलो गर्दै हिँडेका साहित्यकारहरु गाडीमा पनि पानी सम्बन्धी टुक्का, मुक्तक र गीत गाउँदै सुकुटे पुगेका थिए । होटलका मालिक तुलसी गिरीले टीका र खादा सहित साहित्यकारहरुको स्वागत गरेका थिए । टोलीका सदस्यहरुले स्वीमिङ पुलमा रमाइलो गर्दै, अन्य अतिथिहरुसँग नृत्य गर्दै जल संरक्षण अभियानमा हामी के कस्तो पहल गर्न सक्छौं भनेर गहन छलफल गरेका थिए ।

२३ गते बिहान नदी किनारको भ्रमण गरिसकेपछि होटलको सभाहलमा मन्जिला अनिलको अध्यक्षता, सूचना आयुक्त कमला वलीको प्रमुख आतिथ्य र प्रा. डा. गोविन्द मान सिं कार्कीको विशेष आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो l नयाँ जीवन पाएकी मुक्तककार निशा के. सी.लाई टीका र फूलले अभिनन्दन गरि उनकै कविताबाट कार्यक्रमको सुरुआत गरिएको थियो । प्रा. डा. गोविन्दमान सिंह कार्कीले यसरी सखी प्रतिष्ठानले नदी किनारमा यस बिषयलाई उठाउनु अत्यन्तै सान्दर्भिक भएको र सखीले यसअघि गर्दै आएको अन्य कार्यक्रमहरुमा पनि आफू साक्षी रहेको भन्दै ऐक्यबद्धता जनाएका थिए । प्रमुख अतिथि आयुक्त वलीले कार्यक्रमको थिमले नै सकारात्मकता देखाएको छ भन्दै जल सम्बन्धी कविता बाचन गरेकी थिईन् । अनेसास नेपाल च्याप्टरका अध्यक्षले पनि शुभकामना सहित थिममा नै केन्द्रीत कविता सुनाएका थिए ।

यसैगरी कार्यक्रममा राष्ट्रिका प्रतिष्ठानका अध्यक्ष रिषभ देव घिमिरेले गजल र कवितालाई छन्दमुक्त वाचन गरेर सबैलाई मुग्ध बनाएका थिए । होटलका मालिक तुलसी गिरीले सयौं फूललाई प्रवेश गराएको अनुभूत भयो भन्दै शुभकामना व्यक्त गरेका थिए । कवि विक्रमभक्त जोशीले ‘भ्याकुरे खोला अब रुने छैन’ वाचन गर्दा सभाहल नै भावुक बनेको थियो ।

कार्यक्रम संयोजक मधु पाठकले स्वागत मन्तव्य सहितको कविता सुनाएका थिए । यसैगरी जल सम्बन्धी शीर्षकमा नै केन्द्रीत रहेर वाचन गर्ने कविहरुमा रविन्द्र आशिष शैली, विष्णु थापा, उषा के. सी., सुषमा आचार्य, रुद्र अधिकारी, राज रजक, ज्ञान्दरी कैनी, नीशा रिमाल र ससिता फुयाल रहेका थिए ।

उपाध्यक्ष कमला रिसाल र गायक अनिफलनाथ उप्रेतीले गजल गाएर कविता पनि वाचन गरेका थिए । सखी प्रतिष्ठानले भक्तपुरको निकोसेरास्थित शुभारम्भ स्कुलमा सखीको लाईब्रेरी स्थापना गर्ने तयारी पूरा भईसकेको घोषणा गर्दै कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रम सखी प्रतिष्ठानकी महासचिव एल्सा झाले सञ्चालन गरेको थिईन् ।