आफ्नै शब्द, सङ्गीत र स्वरमा दोस्रो गीत लिएर आए हरि मञ्जुश्री

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ पत्रकार एवं भाषा-व्याकरणविद् हरि मञ्जुश्री (हरि अधिकारी) द्वारा रचना, सङ्गीत र स्वराङ्कन भएको दोस्रो गीत सार्वजनिक भएको छ l ‘शव्दयात्रा प्रकाशन कार्यक्रम समापन गान’ शीर्षकको यो गीत प्रकाशन गृहको आफ्नै युट्युब च्यानल Shabdayatra Prakashan बाट सोमबार डिजिटल बजारमा आएको हो l गीतमा मञ्जुश्रीलाई  इ. रोशन मञ्जुश्री अधिकारी, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, शिवप्रसाद बन्जारा, कालिका त्रिपाठी पन्त, कृष्णमणि कुइकेल र पुण्यवती घलेले स्वरमा साथ दिएका छन् भने वाद्यसंयोजन बालकृष्ण सेवाचार्यले गरेका हुन्  ।

केहि दिन अघि मात्र मञ्जुश्रीकै शब्द-सङ्गीत र स्वर रहेको आध्यात्मिक गान ‘प्रज्ञानं ब्रह्म:’ सार्वजनिक भएको थियो l वेदान्त दर्शनमा आधारित र उपनिषदको निचोड रहेको भनिएको सो प्रश्नोत्तर शैलीको आध्यात्मिक गानमा गायक मञ्जुश्रीलाई उनकै सुपुत्र इ. रोशन मञ्जुश्रीले साथ दिएका थिए l उमेरले ६ दशक पार गरिसकेपछि वरिष्ठ साहित्यकार/भाषाविद् मञ्जुश्रीले पहिलोपटक ‘प्रज्ञानं ब्रह्म:’ बोलको गीत गाएका थिए भने ‘शव्दयात्रा प्रकाशन कार्यक्रम समापन गान’ उनको दोस्रो गीत हो l

साढे ३ दशक भन्दा अघिदेखि निरन्तर पत्रकारिताका साथै साहित्यिक क्षेत्रका विभिन्न विधामा लेखन, सम्पादन र भाषा शुद्धीकरण गर्दै आएका साथै काठमाण्डौ विश्वविध्यालयमा भाषासम्पादक समेत रहेका मञ्जुश्री शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष समेत हुन् l जुन संस्थाले हालसम्म २ सय २४ वटा पुस्तक प्रकाशन गरिसकेको छ भने नेपाली साहित्यको क्षेत्रमा अनेक अनुकरणीय काम पनि गर्दै आएको छ l