सौगात र सुरक्षाको स्वरमा ‘तिम्रै बन्नु छ’ सार्वजनिक

Star Entertainment Nepal को प्रस्तुति रहेको ‘तिम्रै बन्नु छ’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । गीतमा झगेन शर्माको शब्द, सौगात जङ थापाको सङ्गीत र सौगात जङ थापा र सुरक्षा सेन्चुरीको आवाज रहेको छ । जसमा विशाल निरौलाले म्युजिक एरेन्ज र रञ्जन राईले मिक्सिङ गरेका छन् l

केही समय अगाडि मात्र सौगात र सुरक्षाकै स्वरमा ‘तिम्रो मिठो मुस्कान, कुरै कुरामा’ बोलको गीतको भिडिओ सार्वजनिक भएको थियो । प्रबिन थापाको निर्देशनमा बनेको उक्त भिडिओमा अहिलेका टिकटक हिट, उदाउँदा मोडल सुरेश कोहली र ममता वलीको अभिनय रहेको छ l राम केसीले छायाङ्कन गरेको यो भिडिओ अमृत चापागाईले सम्पादन गरेका हुन् । यसअघि गर्जनौं गीत बजारमा ल्याइसकेका गायक सौगात जङ थापा यो गीत/भिडिओ पनि दर्शक/श्रोताले मन पराउने कुरामा आशाबादी छन् । भिडिओ Star Entertainment Nepal युट्युब च्यानलमा हेर्न सकिन्छ l