आफ्नै शब्द, सङ्गीत र स्वरमा हरि मञ्जुश्री, जीवनकै पहिलो गायनमा छोराले दिए साथ l

-तुलसी गिरी ‘भावुक’

वरिष्ठ पत्रकार एवं भाषा-व्याकरणविद् हरि मञ्जुश्री (हरि अधिकारी) द्वारा स्वराङ्कन भएको आध्यात्मिक गान ‘प्रज्ञानं ब्रह्म:’ सार्वजनिक भएको छ l वेदान्त दर्शनमा आधारित र उपनिषदको निचोड रहेको भनिएको यस प्रश्नोत्तर शैलीको आध्यात्मिक गानमा गायक मञ्जुश्रीलाई उनकै सुपुत्र इ. रोशन मञ्जुश्रीले साथ दिएका छन् l हरि मञ्जुश्रीकै शब्द-सङ्गीतमा तयार भएको यो गीत ४ दिन अघि Roshan Adhikari नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो l उमेरले ६ दशक पार गरिसकेपछि वरिष्ठ साहित्यकार/भाषाविद् मञ्जुश्रीले पहिलोपटक गीत गाएका हुन् भने बाबुछोराले सँगै स्वर दिएको पनि यो पहिलो गीत हो l

विगत लामो समयदेखि निरन्तर पत्रकारिताका साथै साहित्यिक क्षेत्रका विभिन्न विधामा लेखन, सम्पादन र भाषा शुद्धीकरण गर्दै आएका साथै काठमाण्डौ विश्वविध्यालयमा भाषासम्पादक समेत रहेका मञ्जुश्री शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष समेत हुन् l जुन संस्थाले हालसम्म २ सय २४ वटा पुस्तक प्रकाशन गरिसकेको छ भने नेपाली साहित्यको क्षेत्रमा अनेक अनुकरणीय काम पनि गर्दै आएको छ l