सुमी र वसन्तको रोमान्टिक गीतमा गम्भीर र गरिमा  


गायिका सुमी पराजुली र गायक वसन्त थापा  को स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको सङ्गीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ ।

भिडिओमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् । भिडिओमा गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् । गम्भीर र गरिमासँगै कोरसहरुलाई जातीय भेषभूषामा आकर्षक देखिएको छ । गम्भीर विष्टको निर्देशन रहेको यस भिडिओमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायाङ्कन, प्रविण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ ।

भिडिओ द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो । गायिका सुमी पराजुली नेपाली गायनमा सम्भावना बोकेकी गायिका हुन् । त्यस्तै गायक वसन्त थापा विशेषतः नेपाली लोकगीतमा परिचित नाम हो। उनका थुप्रै गीत बजारमा आइसकेका छन् ।