कला पत्रकार बराईलीको निर्देशनमा ‘पीडा नभाको मान्छे हुन्न’


डिजिटल युग सुरु भएसँगै नेपाली सङ्गीत बजारले विश्वव्यापी रुपमा पहुँच कायम गरिसकेको छ भने ठूलो व्यावसायिक छलाङ समेत मारिसकेको छ l कलाकारहरुले नियमित रुपमा नयाँ नयाँ गीतका भिडिओहरु सार्वजनिक गरिरहेका छन् ।

यसै क्रममा गायक पारस गोरालको नयाँ गीत पीडा नभाको मान्छे हुन्न को भिडिओ सार्वजनिक भएको छ । यस गीतमा पारस गोराल र पछिल्लो समयकी भाईरल गायिका अञ्जु बिश्वकर्माको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को शब्द, गायक तथा सङ्गीतकार रमेश बिक्रम रत्नको सङ्गीत रहेको छ ।

गीतको म्युजिक एरेञ्ज, रेकर्डिङ र मिक्सिङ रमेश सेञ्चुरीले गरेका हुन् भने भिडिओ कला पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को निर्देशनमा निर्माण भएको हो l जसमा मरुभूमि नारायणको छायाङ्कन, लोकेश भाटको सम्पादन र वीरेन्द्र भाट ‘विपिन’ को रङ्ग संयोजन रहेको छ । भिडिओमा सुरेन्द्र कुमार दाहाल, मञ्जिता केसी, पारस गोराल, भिम बहादुर पौडेल, कविराज बिश्वकर्मा, समित परियार लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडिओ पारस गोरालकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।