पैसाको अगाडि पराजित प्रेमको कथा ‘पराईकी रानी’


प्रसिद्ध गायक राज सिग्देलको आवाजमा रहेको वियोगान्त भावको मिठो गीत ‘पराईकी रानी’ को भिडिओ सार्वजनिक भएको छ । रामकुमार रिमालको शब्द तथा सङ्गीत रहेको उक्त गीतको भिडिओमा लोकप्रिय मोडल/कलाकार सनम कठायत, अश्विनी शाही साथै गीतकार तथा सङ्गीतकार रामकुमार रिमाल समेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

एभरेष्ट ग्यालरी टिमले निर्माण गरेको कतै मिलन त कतै बिछोडको उक्त भिडिओ धादिङ गल्छी आसपास क्षेत्रमा छायाङ्कन गरिएको थाहा भएको छ । भिडिओमा पैसाको अगाडि प्रेम पराजित भएको देखाईएको छ l जनक सिंहको निर्देशन, दीपक गिरीको छायाङ्कन र अमृत चापागाईको सम्पादन रहेको सो म्युजिक भिडिओका प्रस्तुतकर्ता मनोज धिताल हुन् l भिडिओ प्रस्तुतकर्ताकै अफिसियल युट्युब च्यानल Manoj Dhital बाट सार्वजनिक गरिएको छ l