कुमार सानुको स्वरमा प्रेमिल भावको गीत सार्वजनिक


सुप्रसिद्ध भारतीय गायक कुमार सानुको स्वरमा रहेको गीत ‘तिम्रो मायाको सागरमा’को रिलिकल भिडिओ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको उक्त गीत विश्व कीर्तिमानी साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ ले रचना गरेका हुन् ।

यो गीत मुम्बईको कैलाशा स्टुडियोका साउण्ड इन्जिनियर तथा रेकर्डिष्ट निरोज सिंहले रेकर्ड गरेको कुरा गीतकार ‘अमर’ ले जानकारी गराएका छन् । माया प्रेममा आधारित यस गीतको भिडिओ अमर म्युजिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।