सौगात र सुरक्षाको स्वरमा प्रेम दिवसको कोसेली ‘तिम्रो मीठो मुस्कान’   


valentine day अर्थात् प्रेम दिवसको अवसर पारेर गायक तथा सङ्गीतकार सौगात जङ्ग थापाले ‘तिम्रो मीठो मुस्कान’ बोलको नयाँ गीतको भिडिओ सार्वजनिक गरेका छन् । बाबुराम श्रेष्ठको शब्दरचना, सौगात जङ्ग थापाको सङ्गीत र सौगात जङ्ग थापा र सुरक्षा सेन्चुरीको आवाजमा रहेको सो प्रेमिल गीतको भिडिओ सार्वजनिक भएको हो ।

विशाल निरौलाको म्युजिक एरेन्ज र रञ्जन राईको मिक्सिङ रहेको उक्त गीतको भिडिओ U.K. को विभिन्न रमणीय ठाउँमा शुटिङ गरिएको कुरा थाहा भएको छ l जसमा कुशल श्रेष्ठको निर्देशन, छायाङ्कन र सम्पादन रहेको छ भने भिडिओ मन इन्टर्टेन्मेन्ट युट्युबबाट बजार आएको हो । भिडिओमा निस्मा बन र सजिन श्रेष्ठलाई फिचरिङ गरिएको छ l

विगत ६ बर्ष दखि सङ्गीत क्षेत्रमा आवद्ध भएर लागिपरिरहेका गायक थापाको जुनी जुनी, मैले गर्ने माया, हाम्रो माया जाल, दिलको छेउ कुनामा, कुरै कुरामा, माया बराबरी जस्ता गीतहरु बजारमा आइसकेका छन् । सिन्धुली जिल्ला, कमलामाई नगरपालिका २ मा जन्मिएका गायक यतिबेला काठमाण्डौ बसेर सङ्गीतमा सङ्घर्ष गरिरहेका छन् । जुनी जुनी, मैले गर्ने माया, कुरै कुरामा जस्ता गीत दर्शक/श्रोताले धेरै मन पराएका कारण काम गर्न हौसला मिलेको उनी बताउँछन् । उनले थुप्रै गीतमा सङ्गीत समेत गरेका छन् । कता हो घर, कर्के नजर र आदत बन्यौ  बोलका गीत छिट्टै बजारमा आउने कुरा समेत गायक तथा सङ्गीतकार थापाले जानकारी गराएका छन् l