सुरेश शाही र शान्तिश्रीको स्वरमा परदेशीको कथा-व्यथा

-तुलसी गिरी ‘भावुक’

बहुआयामिक सर्जक सुरेश शाही र लोकप्रिय गायिका शान्तिश्री परियारको स्वरमा रहेको हृदयवि^दारक भावको गीत ‘परदेशीको बाकस’ को भिडिओ बजारमा आएको छ l दुर्योधन बस्नेतको रचना एवं गायक सुरेश शाहीकै सङ्गीत तथा सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ कृष्ण पुनले गरेका हुन् l

गरिबीका कारण कल्कलाउँदो उमेरकी श्रीमती, कलिला मुना जस्ता लालाबाला र वृद्ध बाबुआमालाई छाडेर धन कमाउने सपना बोकी परदेश जानुपर्ने बाध्यता, मेन पावरको जालझेल, परदेशी भूमिमा अनाहकमा जेल जानुपर्ने अवस्था र मृ^त्युवरण जस्तो भ^यानक परिस्थितिको चित्रण गरिएको यस म्युजिक भिडिओले खासगरि ग्रामिण नेपाली समाजको घर घरको कथा-व्यथा बोकेको छ l घरको आशाको दियो परदेशबाट बाकसमा फर्कंदा एउटा परिवार कसरी भताभुङ्ग हुन्छ भन्ने कुरा भिडिओले जीवन्त रुपमा प्रस्तुत गरेको छ l

जी.बी. आग्रीको निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा गायक शाहीले सन्देशवाहक गाइनेको रुपमा साथै शितल के.सी. , दुर्गा भट्ट, रोमा विष्ट, दुर्योधन बस्नेत, प्रेमसिंह ठकुरी, नरेश शाही, बब्लु बबाल एवं बाल कलाकार आयन शाही र रीतिका ढुङ्गाना लगायतका कलाकारहरुको अभिनय रहेको छ l वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन/सम्पादनमा तयार भएको यस भिडिओका निर्माता भगिरथा बस्नेत र दुर्योधन बस्नेत हुन् भने वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा भिडिओ निर्माण भएको हो l