मिलन र सुरेन्द्रको स्वरमा ‘मनको ढोका’ सार्वजनिक    


लोकप्रिय गायिका मिलन नेवार र सुरेन्द्र महर्जन ‘अमर’को स्वरमा रहेको गीत ‘मनको ढोका खोलेर माया साटौं है, मनको ढोका खोलेर सँगै बाँचौं है ।’ को भिडिओ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा राम कार्कीको सङ्गीत रहेको यस गीतको भिडिओ कुमार श्रेष्ठको निर्देशनमा तयार भएको हो l

भिडिओमा सम्पदा बानिया र प्रदिप खड्काको उत्कृष्ट अभिनय देख्न सकिन्छ । मधुशाला म्युजिकको तर्फबाट गीतको अडियो बजारमा आएको र भिडिओ चाहिँ अमर म्युजिकबाट सार्वजनिक भएको हो । सानिध्या फिल्मको दृश्य निर्माण रहेको यस म्युजिक भिडिओको सम्पादन सुरेश राउतले गरेका हुन् ।

गीतको बारेमा गीतकार महर्जन भन्छन् -‘माया प्रेम तन मनबाट निस्कने भएकोले सबैले आफ्नो  माया हृदयबाट निकालेर जसले माया गर्छ उसैलाई सुम्पेको हुन्छ । माया बिना संसार शुन्य जस्तो हुने भएकोले हजार, लाख जति मान्छे भए पनि माया साटासाट गर्नुपर्ने हुन्छ । आफूले आफैलाई माया गरेर मात्र चल्दैन दुनियाँ । हरेक मान्छेले  माया गर्न जरुरी हुन्छ । जिन्दगी त्यसै चल्दैन l जिन्दगी तब मात्रै चल्छ जब एकले अर्कोलाई माया गर्छ । रमाइलो गर्दै जिउन एकले अर्कोलाई माया गर्नुपर्ने भएकोले पनि होला । यही कुरालाई गीतमा समेटिएको छ l’