देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै वरिष्ठ गजलकार कृष्णादेवी


विलक्षण प्रतिभाशाली वरिष्ठ साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ) द्वारा रचित तथा विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीत एवम् स्वरबद्ध राष्ट्रिय भावको गजल ‘म बाँचेर के भो’ सार्वजनिक गरिएको छ । विशेषगरी कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा सशक्त कलम चलाउँदै आएकी कृष्णादेवीले साङ्गीतिक गजल मार्फत देशको समसामयिक अवस्थालाई चित्रित गरेकी छिन् ।

उनको गजल रचना सन्तोष श्रेष्ठको सङ्गीत र स्वरको मधुरताले श्रवणीय बनेको छ । वीरेन्द्र भाट ‘विपिन’ को छायाङ्कन र सम्पादनमा भएको दृश्य निर्माणमा सङ्गीतकार/गायक आफैँ अभिनयमा जोडिएका छन् । गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ l