रोमाञ्चक घटनाक्रमको सम्मिश्रण म्युजिक भिडिओ ‘परिणाम’

-तुलसी गिरी ‘भावुक’

समीप निरौला र मिशेल घिमिरेको प्रमुख अभिनय रहेको  म्युजिक भिडिओ ‘परिणाम’ डिजिटल बजारमा आएको छ l साक्षी श्रेयाले रचना गरेको यस गीतमा सङ्केत अगस्तीको सङ्गीत र विपना बिष्टको स्वर रहेको छ भने गीतको भिडिओ बुधबार Samip Niraula नामक युट्युब च्यानलबाट बजारमा आएको हो l फिमेल भर्सनमा आएको यस गीतमा विशाल निरौलाको सङ्गीत संयोजन र रन्जन राईको मिक्सिङ्/माष्टरिङ् रहेको छ l

परिणाम’ को भिडिओ सङ्केत अगस्तीले निर्देशन गरेका हुन् l जसमा राम के. सी. को छायाङ्कन र टेकेन्द्र शाहको सम्पादन/भी.एफ.एक्स. रहेको छ l बाल उमेरमै संयोगवश अ^पराधी बन्न पुगेको एक पुरुष पात्र, उसको कहा^लीलाग्दो युवा अवस्था र भताभुङ्ग भएको प्रेमकथालाई मार्मिक ढङ्गमा प्रस्तुत गरिएको यस भिडिओको कथा गीतकार साक्षी र सुवास शाहले संयुक्त रुपमा लेखेका हुन् भने संवाद समिप निरौलाले लेखेका छन् l भिडिओ प्रेम थापा र श्रीकृष्ण निरौलाले निर्माण गरेका हुन् l

रोमाञ्चक प्रस्तुति रहेको यस म्युजिक भिडिओमा सहायक कलाकारको रुपमा श्रेया अगस्ती, कृतिका गौतम, भूपेन्द्र निरौला, सविन मगर, सञ्चिता मगर, लक्षिता चापागाईं, सुवास शाह, उनीका श्रेष्ठ, सौगात खड्का, सुलभ खड्काका साथै बाल कलाकार नूर दाहाल र आराध्या निरौलाको अभिनय रहेको छ l