अचानक प्रेमिका बोल्न छाडेपछि पी*डामा रमेश कडरिया


गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘ठिकै छ नबोल’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । जसमा शब्द बरुण कुमार कडरियाको र सङ्गीत/स्वर रमेश कडरियाको रहेको छ । गीतमा सङ्गीत संयोजन पनि रमेश कडरियाले नै गरेका हुन् भने मिक्सिङ्/माष्टरिङ् नरेन्द्र वियोगीले गरेका छन् । भिडिओ गत साता सङ्गीतकार तथा गायक रमेशकै अफिसियल युट्युब च्यानल Kadariya Entertainment बाट बजारमा आएको हो l

आफूले अत्यन्तै माया गरेकी प्रेमिका अचानक बोल्न छाडेपछि युवकको जीवनमा उत्पन्न विषम परिस्थिति र पी*डालाई भिडिओमा प्रस्तुत गरिएको छ l गीत/सङ्गीत क्षेत्रका सबैजसो विधामा उत्तिकै कुशलताका साथ क्रियाशील रहँदै आएका रमेशले यस गीत तथा भिडिओ मार्फत पनि आफ्नो बहुआयामिक प्रतिभा पोखेका छन् l

भिडियोमा रमेश कडरिया र अन्जु चौलागाईंको अभिनय रहेको छ भने योगेश दाहालले छायाङ्कन/सम्पादन गरेका हुन् l भिडिओको निर्देशन गायक स्वयंले गरेका छन् । भिडिओ मुनलाइट्स रिसोर्ट, कागेश्वरी, सुन्दरीजल र काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको थाहा भएको छ ।