महेश भण्डारीको स्वरमा श्रीदेव र समीक्षाको पुनर्मिलन

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायक महेश भण्डारीको स्वरमा रहेको संयोगान्त भावको गीत ‘बहकिँदैछु’ को भिडिओ सार्वजनिक भएको छ l समीर राईको शब्दरचना तथा रोशनराज गुरुङको सङ्गीत एवं सङ्गीत संयोजन रहेको यो गीत भीषण मानन्धरले रेकर्डिङ/मिक्सिङ गरेका हुन् भने विजयराज भुर्तेलको निर्देशन/सम्पादनमा भिडिओ तयार भएको हो l

प्रसिद्ध कलाकार श्रीदेव भट्टराई र समीक्षा पोखरेलको प्रमुख अभिनय रहेको यस म्युजिक भिडिओमा सहायक भूमिकामा बाल कलाकार सन्नुश्री महर्जन र आरम्भ रिजाललाई पनि देख्न सकिन्छ l भिडिओमा बालापनका एक जोडीलाई वयस्क भईसकेपछि पुनर्मिलन गराईएको छ l संयोगान्त प्रस्तुति रहेको यो म्युजिक भिडिओ गायक भण्डारीकै अफिसियल युट्युब च्यानल MAHESH BHANDARI बाट हालै बजारमा आएको हो l