आफ्नी प्रेमिका अर्कैको भएपछि पीडामा आर. के. परियार


लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘पराई’ को भिडिओ सार्वजनिक भएको छ । गीतमा आर.के. परियारको शब्द/सङ्गीत, विशाल निरौलाको सङ्गीत संयोजन तथा कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको छ ।

आफूले धेरै माया गरेकी प्रेमिका अर्कैको भएपछिको पीडा गीतमा पोखिएको छ । भाव गहिराईमा डुबेर प्रमोदले गाएको यस गीतको भिडिओ पनि उत्तिकै आकर्षक बनेको छ l जसमा आर.के. परियार, अस्मिन दर्लामी, पुरुषोत्तम भण्डारी, शिवराज थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चित्रा मास्कीको निर्देशन रहेको यस भिडिओमा विवेक बि. क. को छायाङ्कन र दीपक विष्टको सम्पादन छ ।