देशको बिग्रदो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै गायक योगी

-तुलसी गिरी भावुक’

कसले यो देशलाई आगोको भुङ्ग्रोबाट निकाल्छ
कसले यो देशलाई सागरको भुमरीबाट निकाल्छ
कसले यो देशलाई आँधीको हुण्डरीबाट निकाल्छ


मेलोडी सुल्तानको उपनामले समेत प्रसिद्धि कमाएका गायक शिशिर योगीको रचना, सङ्गीत र स्वरमा रहेको गीत ‘मेरो देश डुब्यो’ को भिडिओ सार्वजनिक भएको छ l सोमबार गायक योगीकै अफिसियल युट्युब च्यानल Shishir Yogi बाट भिडिओ डिजिटल बजारमा आएको हो l प्रिज्म डिजिटल स्टुडियोका प्राविधिक कमल थापाले रेकर्ड गरेको यस गीतमा बी.बी. अनुरागीको सङ्गीत संयोजन र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको छ l

गीतमा देश बर्बादीतर्फ गईरहेको पीडा पोख्दै त्यसबाट बाहिर निकाल्न सक्ने कोही साहसी देशभक्तको चाहना पोखिएको छ l देशको बिग्रदो अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको यस गीतको भिडिओमा गीतकार, सङ्गीतकार एवं गायक योगीकै अभिनय देख्न सकिन्छ भने वीरेन्द्र भाट ‘विपिन’ को परिकल्पना, छायाङ्कन र भीएफएक्समा भिडिओ तयार भएको हो l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस भिडिओमा लोकेश भाटको सह-सम्पादन रहेको छ l